जीवन : भोगाइ र अनुभवहरुको शृङ्खला...

जीवन आँसु र हाँसोको खिचडी हो ; पाकेपछि खाइदिन्छ मृत्युले...

Sunday, January 21, 2007

लघुकथा

लघुकथा
सीमा
- खगेन्द्र पराजुली

शून्य आकाशमा ताराहरु अनवरत चम्किरहेका छन् । मध्येरातमा धर्ती चकमन्न निदाएको छ, कीराहरुको किरीरी पनि कम हु"दै गएको अनुभूति हुन्छ । तर उफ् ! उसलाई पटक्कै निन्द्रा लाग्दैन । भाडाको सानो कोठा, शीशाको झ्यालबाट माथि आकाशका ताराहरुतिर एकोहोरो टोलाइरहेको छ ऊ । यी ताराहरु तिनै हुन्, ती तीनआ"ख्ले र त्यो ठूलो जून तिनै हुन्, जसलाई उसले आजभन्दा पा"च महिनाअघि यसैगरी नियालेको थियो । तर आज र त्यसबेलाको हेराइ विल्कुल फरक छ, हो ऊ र ती ताराहरु जत्तिकै फरक । त्यसबेला उसको शीर उसकी प्यारी जीवनसंगीनीको मायालु काखमा थियो तर आज वियोगान्त उपन्यासका खातहरुमा । उसका आ"खाको त्यो खुशीयाली र मनको प्रफुल्लता केवल क्षणिक रहेछ, पानीको फोका जस्तै । उसका सारा खुशीहरु तुसारोले खाइसकेको छ, हो विश्वासघातको रुखोचिसो तुसारोले ।
विगतका यादहरु पौडिने सङ्लो-धमिलो महासागरमा डुब्दै-उत्रिंदै ऊ रात विताउ"छ । भान्छाकोठामा गएर स्टोभ बाल्छ र पानी उमाल्छ, थोरै नुन हाल्छ अनि फेरि झयालनिर उभिएर टाढा-टाढा दृष्टि हुत्याउ"छ । यतिञ्जेल र्सर्ूयको कलिलो र्स्पर्शले पर्ूर्वी क्षितिज रङ्गइिसकेको हुन्छ । पर घुम्तीनिर एकजोडी हा"स्दै-मस्किंदै यतै आइरहेका देखिन्छन् । टाढाबाट हर्ेदा कतै चिने-चिनेजस्तो लाग्छ उसलाई । ऊ हेरिरहेछ, गिलासको तातो पानीको वाफले झयालको शीशामा बादल लागेर दृष्य धमिलिन्छ । हत्केलाले शीशा पुछेर हर्ेछ- सीमा, जो केही महिनाअघि उसैकी अर्धाङ्गनि थिई, एक अपरिचित, सम्पन्नजस्तो देखिने पुरुषस"ग हातेमालो गरेर मस्कामस्की गर्दै त्यही गल्ली भएर कतै गइरहेकी हुन्छे । ऊ बेहद खुशी देखिन्थी, सायद नया" जीवनसाथी पाएर होला । उसलाई अतीतले गिज्याएझैं लाग्छ, आफ्नो साहित्यप्रतिको मोहकै कारण आज ऊ एक्लो छ, साहित्य मन नपराउने सीमाले ऊस"गको जीवनसीमा नाघेर गई ।
आत्मग्लानी, वियोगको आलो घाउमा चूक बनेर घोप्टिन्छ । जसरी सीमा उसको जीवनबाट पार भई त्यसैगरी चहर्‍याइको पनि सीमा पार हुन्छ । तातो आ"शु पोखिएर गिलासको सेलाइसकेको पानीमा तप्प-तप्प तप्किरहन्छ, ऊ टोलाइरहन्छ .... टोलाइरहन्छ...
।। समाप्त ।।

मुक्तकहरु

चर्किएको छाती आज सिउन मन लाग्यो
तिम्रो नाममा अलिकति पिउन मन लाग्यो
मर्न भनी बिष पिएँ पूरै बोतल आज
छट्पटाउँदै ढलेपछि जिउन मन लाग्यो

तिम्रो लागि जूनतारा नि झार्छु भन्नेले
जस्तोसुकै बाजी पनि मार्छु भन्नेले
चटक्कै माया मार्यो बिर्स्यो भुसुक्कै
तिम्रै छेउमा आफ्नो डेरा सार्छु भन्नेले

असरल्ल कपाल फिंजाएर आयौ
किन कुन्नी नयन भिजाएर आयौ
धेरै-धेरै कोमल लाग्थ्यो त्रि्रो आगमन
तर आज का"डासरी बिझाएर आयौ

खाली सिउ"दो सिन्दूरले भरिएको देखें
यज्ञकुण्डभित्र मुटु खरिएको देखें
बाचा कसम कुल्चिएर टाढा जानेको
हा"सो खुशी चारैतिर छरिएको देखें

अङ्गालोमा बा"धिएर स"गै जीउने भन्थ्यौ
दुःख पर्दा आ"शु पनि स"गै पिउने भन्थ्यौ
कति चा"डै भूल्न सक्यौ बाचा कसमहरु
माया फाटे जिन्दगीमा स"गै सिउने भन्थ्यौ

भावनाका कुरा गर्दा रुने तिमी नै हौ
मुस्कानको तीरले मुटु छुने तिमी नै हौ
बजारभरि बदनामको हल्ला फिंजाएर
झूठो आरोप लगाई हिड्ने, सुने तिमी नै हौ

मुस्कुराउछौ मात्रै किन - खित्का छोडी हा"से हुन्छ
म रोएको बेला तिमी कम्मर मर्काई नाचे हुन्छ
नजानु त गइसक्यौ फेरि किन आनाकानी
पराइ हु" म मुटुभरि अरुलाई नै सा"चे हुन्छ

मरेर बा"च्ने चाहनामा बा"चेर मरेको छु
आफ्नै आ"शुको जंघार म धरै तरेको छु
भाला रोपी मुटुभित्र जाने तिमीलाई
सम्भिmएर सा"झ-बिहान रुने गरेको छु

मनका कुरा तिमीलाई भन्न मन लागेको छ
माया रोप्न दिलको बारी खन्न मन लागेको छ
साहाराको खोजी गर्ने फुच्ची त्रि्रा हातहरु
किन-किन आज मलाई थाम्न मन लागेको छ

आज फेरि यो मन दुखायौ नि काली
पिरतीको बन्धन फुकायौ नि काली
मुटु दुख्दा झर्ने आ"शु रित्तिसकेछ
तिमीले नै आ"खा सुकायौ नि काली
१०
तिमीस"ग बस्दा जीवन अझै बा"चू" जस्तो लाग्छ
हावालाई नै संगीत सम्झी नाचु" नाचु" जस्तो लाग्छ
स"गै जीउन पाए त नि मेरी जिन्दगानी,
दुःखलाई नै सुख सम्झी हा"सु"-हा"सु" जस्तो लाग्न
११
तिमी कहा" म कहा"को खै कसरी भेट भयो
माया सामु सोल्टिनीको साइनो पनि चेट भयो
तिमीलाई माग्न कोही त्रि्रो घरमा आयो भने
जवाफ यही दिनु उसलाई "अलिकति 'लेट' भयो ।"
१२
छातीभित्र आगो बालेर गयौ
मुटुको 'भल्व' नै टालेर गयौ
मायाका सारा सहीछापहरु
मेरै आ"शुले पखालेर गयौ
१३
घुमिरहने पृथ्वीलाई रोक्न कहा" सकिन्छ र
निधारमा लात हान्नेलाई ढोग्न कहा" सकिन्छ र
व्यथै-व्यथा धेरै भयो छातीभरि आज
अझै पीडा थप्छु भन्छ्यौ बोक्न कहा" सकिन्छ र

१४
वनमा हैन न्याउली चरी मनमा रुन्छ आजभोलि
तिमीलाई जस्तो मलाई पनि त्यस्तै हुन्छ आजभोलि
निष्ठुरीले माया मार्यो बिर्स्यो नभन्नू है सानु
समय नै 'खुशी' खोस्ने जाल बुन्छ आजभोलि 

गजलहरु


जन्माई, हर्ुकाई, ठूलो बनाई किन छोडेर गयौ
स्नेहका पवित्र बन्धन किन तोडेर गयौ
हामी हा"स्दा हा"स्ने गथ्र्यौ रु"दा रु"ने गथ्र्यौ
तर आज हाम्रो मुटु किन फोडेर गयौ
झूठो रै'छ संसार यो भ्रम रै'छ माया
ममतामयी 'आमा' साइनो किन जोडेर गयौ
तातेताते भनी स"गै हिड्न सिकाउनेले
हिंड्दा-हिंड्दै बाटो अन्तै किन मोडेर गयौ
ढाकाको न्यानो पछ्यौरी ओडाइदिउ"ला भन्थें
तर आमा पातलो कात्रो किन ओडेर गयौ ।।
-स्व. आमामा समर्पण


हर्ेदाहर्ेर्दै आर्यघाटमा चिता त्रि्रो जल्यो दाजु
छातीभित्र एउटा मुटु शोकाग्नीमा बल्यो दाजु
आधा उमेर नबिताउ"दै दैवले वाण हानेपछि
बेसाहारा परिवारको दह्रो खम्बा ढल्यो दाजु
जति लामो बाटो पनि हिड्न सक्छु भन्थ्यौ हैन
धेरै थियो हिड्न अझै किन खुट्टा गल्यो दाजु
आकाश रोयो पानी पर्‍यो शोकाकूल भए सारा
जून रोयो घाम रोयो रु"दै धर्ती हल्यो दाजु
सा"झ-बिहान पूजा गर्ने आमा पनि खोसी लग्यो
निष्ठूरी भर्ैर् इश्वरले किन भाग्य छल्यो दाजु
खुशी मात्रै फलिरहने मनको बगैंचामा
हा"सोको बोट रोपेको थें किन आ"शु फल्यो दाजु
(स्व. दाजुमा समर्पण)
-२०६२/०४/१९ बुधबार


मेरै सामु जान्छु भन्यौ नजाऊ भन्नु कसरी र
सपनीमा आउ"छु भन्यौ नआऊ भन्नु कसरी र
छोडी जान गाह्रो भयो भन्दै थियौ बहानामा
चा"डै भेट्ने कसम खायौ नखाऊ भन्नु कसरी र
आफ्नै पीरले रु"दैथिए" सा"झपख एकान्तमा
पीरतीको गीत गायौ नगाऊ भन्नु कसरी र
नशालु त्यो नजरको तीर हान्यौ मुटुभित्र
अञ्जानमा झूटो माया नलाऊ भन्नु कसरी र
छुट्ने बेला रुनुपर्ने मुस्काएको देखें तिमी
नक्कल पारी गोहीआ"शु बगाऊ भन्नु कसरी र
मेरो सुन्दर संसारलाई भताभुङ्ग पारिदियौ
लाज-शरम पचेकीलाई लजाऊ भन्नु कसरी र
पोल्दै थियो मनको घाउ रु"दै थिए" पीडा बोकी
मैले रु"दा तिमी ताली बजाऊ भन्नु कसरी र
वेदनाले ग्रस्त यो छातीभित्र बास माग्यौ
त्रि्रो संसार अर्कैस"ग सजाऊ भन्नु कसरी र
-२०६२/०४/२० विहिबार


मेरो लागि तीजमा व्रत नबसे नि हुन्छ काली
मेरै लागि क्रीम पाउडर नघसे नि हुन्छ काली
त्रि्रो मुहार मेरो आ"खा चन्द्रमा र चकोर झैं
मेरो लागि तल तिमी नखसे नि हुन्छ काली
तिमी त्यसै लजालु छौ आ"खा छोप्नु पर्दैन नि
देखिसकें, कोठाभित्र नपसे नि हुन्छ काली
एकै नजरप्रहारले घाइते बनाइसक्यौ
लुकी-चोरी हर्ेर्दै अझ नडसे नि हुन्छ काली
मायाडोरी बाटी-बाटी मलाई बा"धिसक्यौ
डोरी थपी भैगो अझ नकसे नि हुन्छ काली
-२०६२/११/२४ बुधबार विहान ९ बजे


भेटाएर छुटाउने समय नै दोषी होला
ह"साएर रुवाउने समय नै दोषी होला
धेरै-धेरै गल्तीहरु भए होला मित्रतामा
खुशी मन दुखाउने समय नै दोषी होला
जति भए जे-जे भए समयकै कारण भए
मिलन हाम्रो फुटाउने समय नै दोषी होला
विछोडको पहिरोले थिचिएझैं लाग्न थाल्यो
खुशी सारा लुटाउने समय नै दोषी होला
जहा" भए पनि साथी विर्सिन चाहि पाइ"दैन नि
भेट हाम्रो जुटाउने समय नै दोषी होला
-२०६२/११/२५


निरङ्कुशता जरैस"ग उखेलेर फाल्नर्ुपर्छ
भ्रष्टाचारका भ्वाङ्गहरु अब टाल्नर्ुपर्छ
क्रान्तिमा अघि बढ्ने रक्तिम पाइलाहरु
का"डैका"डाभित्र पनि अब चाल्नर्ुपर्छ
हिटलर बन्न खोज्ने जति सबै टाउकाहरु
क्रान्तिको भुङ्ग्रोभित्र अब गाल्नर्ुपर्छ
उठौं, जागौं दबिएर अब बस्नु हुन्न
मुक्तिखातिर आत्माभित्र मशाल बाल्नु पर्छ
जनहितको विरुद्धमा निस्किएका आवाजलाई
जनताकै अदालतमा मुद्दा हाल्नर्ुपर्छ
एउटा शोषक परिवारको बजेट खोसी अब
लाखौं भोका जनतालाई हामी पाल्नर्ुपर्छ
-२०६२/०४/२२


आउ"छु भनी नढा"टेको भए हुन्नथ्यो र
हिजै डा"डा नकाटेको भए हुन्नथ्यो र
पार्खाइमा कति धेरै पीडा हुन्छ थाहा छ
दिमाग मेरो नचाटेको भए हुन्नथ्यो र
त्रि्रो खुशी मेरो पनि खुशी नै त हो नि
मुटु तिमीले नसाटेको भए हुन्नथ्यो र
मुटु बा"ध्ने डोरी आज चुडियो कि कसो
मायाडोरी नबाटेको भए हुन्नथ्यो र
सोझो मनको फाइदा उठाएर तिमी
अन्तै जान नआ"टेको भए हुन्नथ्यो र
२०६३/०४/८ -६ बजे)